ज्यान मुद्दामा बिहानै ओली र लेखक पक्राउ, भद्रकालिमा राखियो

ज्यान मुद्दामा बिहानै ओली र लेखक पक्राउ, भद्रकालिमा राखियो

काठमाडौँ : जेनजी आन्दोलनबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदनको आधारमा प्रहरीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ।

कार्की आयोगले भदौ २३ गते नयाँबानेश्वरमा भएको जेनजी पुस्ताको आन्दोलनकाक्रममा प्रहरीको गोली लागेर मारिएको घटनामा ओली र लेखकलाई लापर्वाही गरेर ज्यान लिएकोमा पक्राउ गरेर कार्वाही प्रक्रियामा ल्याउन सिफारिस गरेको थियो।

शुक्रवार बालेन्द्र शाहको नेतृत्वमा मन्त्रिपरिषद् गठनसँगै सुदन गुरुङ गृहमन्त्रीमा नियुक्त भएसँगै मन्त्रीपरिषद्ले कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो। लगत्तै गुरुङले प्रहरी महानिरिक्षकहरुसँग ओली र लेखकलाई पक्राउ गर्नेबारे रातभर छलफल गरेको थियो।

प्रहरीले मन्त्रिपरिषद्को निर्णयलाई आधार मानेर पक्राउ गर्न नसकिने भन्दै लिखित आदेश मागेको थियो। त्यसपछि गृहले निर्देशन दिए लगत्तै शनिबार विहानै उनीहरुलाई पक्राउ गरेको थियो।

चैत १४, २०८२ शनिबार ०७:१८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।