शिक्षामन्त्री सस्मित पोखरेल सरकारको प्रवक्तामा नियुक्त
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले पाएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले पोखरेललाई सरकारको आधिकारिक धारणा सार्वजनिक गर्ने प्रवक्ताको रूपमा चयन गरेको हो।
प्रधानमन्त्री शाह काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा उनको सल्लाहकार समूहका एक प्रमुख सदस्य रहेका पोखरेल, शाहसँगै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा उनी काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।
यो निर्णयसँगै अब मन्त्रिपरिषद्का निर्णयहरू र सरकारका आधिकारिक धारणाहरू मन्त्री पोखरेलले नै सार्वजनिक गर्नेछन्।
चैत १३, २०८२ शुक्रबार १७:०५:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।