बालेन्द्र शाह संविधानको धारा ७६(१) बमोजिम प्रधानमन्त्री नियुक्त

बालेन्द्र शाह संविधानको धारा ७६(१) बमोजिम प्रधानमन्त्री नियुक्त

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सदस्य बालेन्द्र शाहलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेका छन्।

राष्ट्रपतिको कार्यालयले शुक्रबार एक औपचारिक विज्ञप्ति जारी गर्दै शाहलाई मुलुकको नयाँ कार्यकारी प्रमुखका रूपमा नियुक्त गरिएको जानकारी दिएको हो।

राष्ट्रपतिको कार्यालय, महाराजगञ्जका प्रवक्ता रितेशकुमार शाक्यद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार शाहलाई नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरिएको हो।

संविधानको धारा ७६(१) मा प्रतिनिधि सभामा बहुमत प्राप्त राजनीतिक दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

चैत १३, २०८२ शुक्रबार १०:१३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।