दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
घोराही : दाङको घोराही उपमहानगरपालिका-१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका-१२ का ३० वर्षीय बेलबहादुर पुनको मृत्यु भएको हो।
गम्भीर घाइते भएका मोटरसाइकल चालक घोराही-१० का धनबहादुर घर्तीको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
चैत १३, २०८२ शुक्रबार ०७:३४:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।