एकैदिन १४ हजार ६०० रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

एकैदिन १४ हजार ६०० रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ।

मंगलबार तोलामा १ हजार ६ सय रुपैयाँ घटेको सुनको मूल्य आज १४ हजार ६ सय बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला दुई लाख ८८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। 

मंगलबार सुन प्रतितोला दुई लाख ७३ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी चार सय १५ रूपैयाँ बढेर चार हजार नौ सय २० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला चार हजार पाँच सय पाँच रूपैयाँमा कारोबार भएको थियो।
 

चैत ११, २०८२ बुधबार ११:५३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।