कांग्रेसको १५औं महाधिवेशन भदौ २४ देखि २७ गतेसम्म गर्ने सभापति थापाको प्रस्ताव
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी भदौ २४ देखि २७ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्।
पार्टीको केन्द्रीय समितिको बैठकमा उनले भदौ ६ र ७ जिल्ला अधिवेशन, १५ र १६ प्रदेश अधिवेशन र २४ देखि २७ गतेसम्म केन्द्रीय महाधिवेशन हुने गरी कार्यतालिका प्रस्ताव गरेका हुन्।
त्यसअघि गाउँ, नगर र वडा अधिवेशन साउन ६ गते, गाउँ नगरपालिका अधिवेशन साउन १२ गते, प्रदेश सभाको अधिवेशन साउन २३ गते, साउन ३० गते महाधिवेशन प्रतिनिधि चयन र कार्यसमितिको निर्वाचन गर्ने प्रस्ताव थापाको छ।
चैत १०, २०८२ मंगलबार १४:३३:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।