१६ सय घट्यो सुनको मूल्य, चाँदी ८० रुपैयाँ महँगियो

१६ सय घट्यो सुनको मूल्य, चाँदी ८० रुपैयाँ महँगियो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ।

सोमबार तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको सुनको मूल्य आज १ हजार ६ सय घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला दुई लाख ७३ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको मूल्य भने बढेको छ। चाँदी ८० रुपैयाँले बढेर चार हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार चाँदी चार हजार चार सय २५ मा कारोबार भएको थियो। 

चैत १०, २०८२ मंगलबार ११:०८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।