भायानेटद्वारा ‘वाइफाइ ६’ इन्टरनेट प्याकेज सार्वजनिक
काठमाडौं : इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले ‘वाइफाइ ६’ प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ।
घरमा एकैसाथ धेरै उपकरण चलाउँदा हुने लेटेन्सी घटाउन र इन्टरनेटको कार्यक्षमता बढाउन यो प्रविधि ल्याइएको कम्पनीले जनाएको छ।
भायानेटले २५० एमबीपीएसदेखि ६०० एमबीपीएससम्मका ‘वाइफाइ ६’ प्याकेजहरू बजारमा ल्याएको छ। जसमध्ये २५० एमबीपीएस गतिको वार्षिक प्याकेजको मूल्य भ्याटसहित १३ हजार ८ सय रुपैयाँ तोकिएको छ।
वार्षिक ग्राहक बन्नेहरूले थप १ महिनाको इन्टरनेट सेवा निःशुल्क पाउनेछन्। यसका साथै, ठूलो क्षेत्रफल भएका घरका लागि कम्पनीले भ्याटसहित ३५ सय रुपैयाँमा ‘वाइफाइ ६ मेस’ राउटरको विकल्प पनि उपलब्ध गराएको छ।
पुराना ग्राहकले ५ सय रुपैयाँ शुल्क तिरेर आफ्नो पुरानो राउटरलाई नयाँ वाइफाइ ६ ओएनयूमा अपग्रेड गर्न सक्नेछन्।
चैत १०, २०८२ मंगलबार ०८:००:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।