साढे ३ किलो गाँजासहित विमानस्थलबाट थाई नागरिक पक्राउ

साढे ३ किलो गाँजासहित विमानस्थलबाट थाई नागरिक पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे तीन किलो गाँजासहित एक थाई नागरिक पक्राउ परेका छन्। 

 विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले ३९ वर्षीय योङग्युत थुइनलाई पक्राउ गरेको हो।

सोमबार राति सवा १२ बजेतिर थाई एअरलाइन्सको उडानमार्फत उनी बैंककबाट काठमाडौं आएका थिए। उनले ल्याएको सुटकेशभित्रबाट तीन किलो ४३५ ग्राम गाँजा बरामद भएको प्रहरीले  जनाएको छ।

उनलाई लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ।

चैत ९, २०८२ सोमबार १८:०८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।