सप्तरीमा विद्युत सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

सप्तरीमा विद्युत सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

सप्तरी : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्।

स्थानीय किसुनदेव मण्डलको घरमा आगलागी हुँदा उनका तीन वटा घर जलेको प्रहरीले जनाएको छ।

विद्युत सर्ट भइ घरमा आगो लागेको थियो। सो आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। स्थानीयवासी, प्रहरी र नगरपालिकाको बारुन यन्त्रले आगो निभाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चैत ९, २०८२ सोमबार १७:४७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।