इनिशा विकको न्यायका लागि माइतीघरमा हस्ताक्षर संकलन

इनिशा विकको न्यायका लागि माइतीघरमा हस्ताक्षर संकलन

काठमाडौं : बलात्कारपछि हत्या गरिएकी सुर्खेतकी १७ वर्षीया इनिशा विकको न्यायका लागि सोमबार काठमाडौंको माइतीघरमा हस्ताक्षर संकलन गरिएको छ। 

सामाजिक अभियन्ताहरू सहितको उपस्थितमा हस्ताक्षर संकलनको क्रममा उनीहरूले महिला तथा दलित समुदायमाथि हुने हिंसा अन्त्य गर्न र पीडितलाई न्याय दिलाउन माग गरेका थिए। 

सहभागीहरूले 'बलात्कार र हत्या अन्त्य गर', 'पीडितलाई न्याय दे' र 'बलात्कारीलाई फाँसीको कानुन बनाऊ' जस्ता मागहरू लेखिएको ब्यानर प्रदर्शन गरेका थिए। सोही ब्यानरमा उनीहरूले सर्वसाधारणको हस्ताक्षर समेत संकलन गरिएको छ। 

अभियन्ताहरूले दोषीमाथि कडा कानुनी कारबाही हुनुपर्ने र यस्ता घटना न्यूनीकरणका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए। उनीहरूले समाजमा हुने हिंसात्मक घटना रोक्न कानुनी संरचना थप सुदृढ हुनुपर्ने माग समेत राखे।

चैत ९, २०८२ सोमबार १७:४२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।