मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीलाई ‘अवसरको झोला’ वितरण
काठमाडौं : मुक्तिनाथ विकास बैंकले 'अवसरको झोला' अभियानमार्फत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक रूपमा कमजोर र अवसरबाट वञ्चित विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेको हो।
'अवसरको झोला' अभियान अन्तर्गत बैंकले विद्यार्थीहरूलाई स्कुल झोला र स्टेसनरी सामग्री वितरण गरेको छ। साथै, शिक्षामा प्रोत्साहन गर्न विद्यालय पोसाक र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति समेत प्रदान गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार हालसम्म सुर्खेत, कालिकोट र धनुषा लगायतका विभिन्न जिल्लाहरूमा ५०० भन्दा बढी झोलाहरू वितरण गरिसकिएको छ।
विद्यार्थीहरूको मनोबल बढाउन र शिक्षामा सहयोग पुऱ्याउन उक्त अभियान सुरु गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिइने छ।
चैत ९, २०८२ सोमबार १७:००:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।