वेबोरले बजारमा ल्यायो नयाँ ‘डबल डोर’ रेफ्रिजेरेटर
काठमाडौं : घरायसी उपकरण ब्रान्ड वेबोरले नेपाली बजारमा नयाँ 'डबल डोर' रेफ्रिजेरेटरहरू सार्वजनिक गरेको छ। कम्पनीले साना र मध्यम परिवारको आवश्यकतालाई ध्यानमा राखेर विभिन्न साइजका नयाँ मोडलहरू बजारमा ल्याएको हो।
रेफ्रिजेरेटरहरू २६५ लिटर, ३२५ लिटर र ३६५ लिटर क्षमतामा उपलब्ध छन्। नयाँ मोडलहरूमा इन्भर्टर कम्प्रेसर प्रयोग गरिएको छ, जसले बिजुलीको खपत कम गर्न सहयोग गर्छ। यस कम्प्रेसरमा कम्पनीले १० वर्षको वारेन्टी दिएको कम्पनीले जनाएको छ।
यसमा प्रयोग गरिएको 'टोटल नो फ्रोस्ट' प्रविधिले फ्रिजभित्र अनावश्यक हिउँ जम्न दिँदैन, जसले गर्दा खानेकुरा ताजा रहन्छन्। फ्रिजको हरेक तहमा चिसो हावा पुर्याउन र खानालाई ब्याक्टेरियाबाट जोगाउन यसमा विशेष प्रणाली जडान गरिएको छ।
नेपालमा हुने बिजुलीको उतारचढावलाई ध्यानमा राख्दै यसमा बलियो स्टेबलाइजर क्षमता राखिएको कम्पनीको दाबी छ। वेबोरका नयाँ रेफ्रिजेरेटरहरू अहिले देशभरका प्रमुख इलेक्ट्रोनिक्स सोरुमहरूमा उपलब्ध छन्।
चैत ९, २०८२ सोमबार १६:५२:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।