५ अंकले बढ्यो नेप्से, साढे १५ अर्ब बढीको कारोबार

५ अंकले बढ्यो नेप्से, साढे १५ अर्ब बढीको कारोबार

काठमाडौँ : सोमबार अन्तिम समयमा आएर सेयर बजार सामान्य अंकले बढेको छ। नेपाल स्टक एक्सक्चेञ्ज (नेप्से) ०५.०१ अंकले बढेर २९३६ विन्दुमा पुगेको छ। 

कारोबार रकम भने घटेको छ। दिनभरमा १५ अर्ब ७८ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भयो। अघिल्लो दिन २३ अर्ब ५९ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

१०२ कम्पनीको मूल्य बढ्दा १५४ को घट्यो भने ८ को स्थिर रह्यो। 

उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५३ प्रतिशत बढ्यो। फाइनान्स ०.२०, हाइड्रोपावर ०.९६, लगानी ०.७२ र माइक्रोफाइनान्स ०.४३ प्रतिशत बढे।  

त्यस्तै बैंकिङ ०.२७, विकास बैंक ०.५०, होटल तथा पर्यटन ०.८६, जीवन बीमा ०.४८, निर्जीवन बीमा ०.०४ र व्यापार समूह ०.५९ प्रतिशत घटे।

यसदिन चार कम्पनीमा सकारात्मक सर्किट लागेको छ। साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ।  

मनकामना इन्जियरिङ हाइड्रोपावर र  होटल फरेस्ट इन ९.९६ प्रतिशत बढे।

आज धेरै कारोबार भएका कम्पनीमा कुमारी बैंक, शिवम सिमेन्ट, नेसनल हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र ङादी ग्रुप छन्।

चैत ९, २०८२ सोमबार १५:२३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।