बाजुराबाट हेलिकप्टरमा उद्धार गरिएकी सुत्केरी र शिशुको मृत्यु

बाजुराबाट हेलिकप्टरमा उद्धार गरिएकी सुत्केरी र शिशुको मृत्यु

बाजुरा : बाजुराबाट थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत पठाइएकी २१ वर्षीया सुत्केरी सुरता रोकाया र उनको एक हप्ताको नवजात शिशुको उपचारका क्रममा मृत्यु भएको छ।

बडीमालिका नगरपालिका वडा नम्बर १ की रोकायाको शनिबार कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा मृत्यु भएको हो।

लामो समयदेखि मुटुको समस्याबाट ग्रसित सुरताले जिल्ला अस्पताल बाजुरामा शिशुलाई जन्म दिएकी थिइन्। मुटुको गम्भीर बिरामी भएकाले चिकित्सकहरूले उनलाई सन्तान नजन्माउन सुझाव दिएका थिए। तर, सुत्केरी भएपछि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि चैत ४ गते सरकारी पहलमा हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो।​​​​​​

चैत ९, २०८२ सोमबार १४:३२:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।