बझाङको रायाल आसपास केन्द्रविन्दु भएर गयो भूकम्प

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौं : बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको रायाल आसपास केन्द्रविन्दु भएर सोमबार दिउँसो १ बजेर १४ मिनेट जाँदा चार दशमलव एक ‘रेक्टरस्केल’को भूकम्प गएको हो।

यसअघि गत चैत ३ गते दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो। नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ। 

चैत ९, २०८२ सोमबार १४:२५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।