बहराइन, युएई र कुवेतद्वारा क्षेप्यास्त्र र ड्रोन आक्रमणको चेतावनी जारी
एजेन्सी : मध्यपूर्वमा जारी युद्धको बीचमा, धेरै खाडी देशहरूले क्षेप्यास्त्र र ड्रोन आक्रमण भइरहेको बताएका छन्।
बहराइनको गृह मन्त्रालयले सामाजिक सञ्जाल पोस्टमा भनेको छ, ‘अलार्म साइरन सक्रिय पारिएको छ। मानिसहरूलाई शान्त रहन र नजिकको सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।’
गृह मन्त्रालयले मानिसहरूले आधिकारिक स्रोतहरूबाट प्राप्त जानकारी पालना गर्नुपर्ने समेत उल्लेख गरेको छ।
यसैबीच, संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले केही समय देशको एयर डिफेन्स सिस्टमले इरानबाट हुने क्षेप्यास्त्र र ड्रोन खतराको जवाफ दिइरहेको बताएको छ।
रक्षा मन्त्रालयले अहिले सुनिएको आवाज इरानबाट प्रहार भएको क्षेप्यास्त्रलाई आकाशमै नष्ट गरिएको आवाज भएको समेत स्पष्ट पारेको छ।
उता कुवेती सेनाले केही देशको हवाई रक्षा हाल शत्रुको मिसाइल र ड्रोन आक्रमणको सामना गरिरहेको बताएको छ।
सेनाका जनरल स्टाफले भनेका छन्- ‘विस्फोटका आवाजहरू सुनिने वायु रक्षा प्रणालीले शत्रुको आक्रमणलाई रोक्ने भएकाले हो।’
कुवेत सेनाले सबै मानिसहरूलाई सम्बन्धित अधिकारीहरूले जारी गरेका सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेको छ।
चैत ९, २०८२ सोमबार ०८:४०:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।