राजनीतिक नियुक्तिमा विवाद, एमाले नेता रावलको कार्यकक्षमा तालाबन्दी

राजनीतिक नियुक्तिमा विवाद, एमाले नेता रावलको कार्यकक्षमा तालाबन्दी

धनगढी : एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलको कार्यकक्षमा तालाबन्दी गरिएको छ। 

सुदूरपश्चिम प्रदेश सरकारले अस्पताल व्यवस्थापन समितिमा गरेको नियुक्तिमा रावलले पार्टीभित्र परामर्श नगरेको भन्दै एमाले निकट राष्ट्रिय युवा संघ कञ्चनपुरको कृष्णपुर नगर कमिटीले तालाबन्दी गरेको हो।

रावल सम्पर्कविहीन भएको भन्दै तालाबन्दी गरिएको बताइएको छ। तालाबन्दी गर्दै युवा संघले रावललाई सम्पर्कमा आउन आग्रह गरेको छ। 

सुदूरपश्चिम प्रदेशमा एमालेको समर्थनमा कांग्रेस नेतृत्वको सरकार रहेको छ। प्रदेश सरकारले गरिरहेको राजनीतिक नियुक्तिका विषयमा एमालेभित्रै विवाद चर्किँदै गएको छ।

यसैबीच, एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पनि राजनीतिक नियुक्तिबारे संसदीय दलका नेता रावलले पार्टीसँग परामर्श नगरेको आरोप लगाएको छ।

चैत ८, २०८२ आइतबार १४:३१:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।