एकैदिन १२ हजार ५ सय रुपैयाँ घट्यो सुन, चाँदी पनि सस्तियो

एकैदिन १२ हजार ५ सय रुपैयाँ घट्यो सुन, चाँदी पनि सस्तियो

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। 

शुक्रबार प्रतितोला सात हजार आठ सय रूपैयाँ घटेको सुनको मूल्य आज १२ हजार पाँच सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला तीन सय ५५ रूपैयाँ घटेर चार हजार पाँच सय ४० रूपैयाँमा  कारोबार भइरहेको छ।

शुक्रबार प्रतितोला चार हजार आठ सय ९५ रूपैयाँमा कारोबार भएको थियो। 

चैत ८, २०८२ आइतबार ११:१३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।