इनिशा विकको न्यायका लागि माइतीघरमा प्रदर्शन
काठमाडौं : बलात्कारपछि हत्या गरिएकी सुर्खेतकी इनिशा विकको न्यायका लागि शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
लामगादे पौडेल वंश समाज केन्द्रीय समिति, नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समिति लगायत विभिन्न नागरिक समाजका अगुवाहरूको सहभागितामा बृहत् धर्ना कार्यक्रम गरिएको हो। प्रदर्शनकारीहरूले दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
विरोध कार्यक्रममा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले राज्यले यस्ता घटना दोहोरिन नदिन प्रभावकारी रूपमा काम गर्नुपर्ने बताए। उनले पीडितले न्यायका लागि सडकमा भौँतारिनु नपर्ने वातावरण बनाउन सरकारसँग माग गरे।
उनले भने, "भोलीको दिनमा यो खालको मुद्दा लिएर सडकमा आउन नपर्ने गरी अव राज्य सक्षम हुनुपर्छ। हामी हिजो पनि यही विषयमा सडकमा ४५ दिनसम्म आन्दोलनमा थियौं। भोलीको दिनमा पनि यस्तो खालको आन्दोलन गर्न नपर्ने गरी सरकारले काम गर्न पर्नेछ। भोली बन्ने सरकारको सदस्यको नाताले हिजो सडकमा र अब सदनमा यो मुद्दा उठाइनेछ। सधैँ यो समुदायले घृणा र पीडा सहन सक्दैन।"
चैत ७, २०८२ शनिबार १५:०८:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।