नेपालमा इन्फिनिक्सको ‘नोट ६०’ सिरिज र ‘नोट एज’ सार्वजनिक, मूल्य कति?

नेपालमा इन्फिनिक्सको ‘नोट ६०’ सिरिज र ‘नोट एज’ सार्वजनिक, मूल्य कति?

काठमाडौं : इन्फिनिक्सले नेपाली बजारमा आफ्नो बहुप्रतिक्षित ‘नोट ६०’ सिरिज र ‘नोट एज’ आधिकारिक रूपमा सार्वजनिक गरेको छ।

उत्कृष्ट प्रदर्शन, शक्तिशाली ब्याट्री र प्रिमियम डिस्प्लेलाई प्राथमिकता दिँदै कम्पनीले यी नयाँ मोडलहरू बजारमा ल्याएको हो।

यो सिरिजका सबै मोडलमा १४४ हर्जको १.५ के अल्ट्रा एचडीआर डिस्प्ले छ। ‘नोट एज’ मा भने थप आकर्षक ३डी-कर्भ्ड एमोलेड डिस्प्ले दिइएको छ। ६५०० एमएएचको शक्तिशाली ब्याट्री रहेको नोट ६० प्रोमा ९० वाटको फास्ट चार्जिङ सपोर्ट उपलब्ध छ।

नोट ६० प्रोमा स्न्यापड्रागन ७एस जेन ४, नोट ६० मा डाइमेन्सिटी ७४०० अल्टीमेट र नोट एजमा डाइमेन्सिटी ७१०० प्रोसेसर प्रयोग गरिएको फोनमा ५० मेगापिक्सेलको क्यामेरा सिस्टम छ। यो फोन प्रिमियम मेटल डिजाइनमा उपलब्ध छ।

इन्फिनिक्स नेपालका कन्ट्री म्यानेजर पियुष गिरीले नेपाली प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राख्दै उत्कृष्ट अनुभव र दीर्घकालीन भ्यालु दिन यो सिरिज ल्याइएको बताए।

मोडल र मूल्यहरू:
१. नोट एज (NOTE Edge):

८ जीबी + १२८ जीबी: रु. ४१,९९९
८ जीबी + २५६ जीबी: रु. ४७,९९९

२. नोट ६० (NOTE 60):
८ जीबी + १२८ जीबी: रु. ४५,९९९
८ जीबी + २५६ जीबी: रु. ५१,९९९

३. नोट ६० प्रो (NOTE 60 Pro):
८ जीबी + २५६ जीबी: रु. ५९,९९९
१२ जीबी + २५६ जीबी: रु. ६६,९९९

चैत ७, २०८२ शनिबार १०:५६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।