कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी, दुई प्रस्तावमा छलफल

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी, दुई प्रस्तावमा छलफल

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बसिरहेको छ।

बैठकमा पार्टीको वर्तमान अवस्था, साङ्गठनिक सुदृढीकरण र आगामी कार्यदिशाका विषयमा केन्द्रित रहेर छलफल भइरहेको छ।

शुक्रबारको बैठकमा दुई वटा प्रस्ताव पेश गरिएको छ। कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापाले आफ्नो पदबाट दिएको राजीनामा र हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ को प्रारम्भिक समीक्षा सम्बन्धमा प्रस्ताव पेश भएका छन्।

बैठकमा पेश भएका दुवै प्रस्ताव सहमहामन्त्री उदयशमशेर राणाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। सभापति थापा भने बैठकमा अनुपस्थित छन्। बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गरिरहेका छन्।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा सभापतिको राजीनामा र निर्वाचन समीक्षाका अतिरिक्त आगामी नियमित महाधिवेशनको कार्यतालिका तथा पार्टीको भावी रणनीतिका विषयमा समेत विस्तृत विमर्श हुनेछ। 

चैत ६, २०८२ शुक्रबार १४:५६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।