याङ्गो राइडद्वारा काठमाडौंमा सडक सुरक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं : राइड सेयरिङ प्लेटफर्म याङ्गो राइडले काठमाडौं उपत्यका ट्राफिक प्रहरीको सहकार्यमा बाइक चालकहरूका लागि सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
काठमाडौं उपत्यकामा बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्ने र सुरक्षित यात्रालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा चालकहरूलाई ट्राफिक नियमको पालना, गति नियन्त्रण र जिम्मेवार सवारी सञ्चालनबारे प्रशिक्षण दिइएको थियो।
सो अवसरमा याङ्गोले सहभागी चालकहरूलाई हेल्मेटलगायतका सुरक्षा सामग्रीसमेत वितरण गरेको थियो।
कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरीका एसएसपी नवराज अधिकारीले सडक दुर्घटना घटाउन ट्राफिक नियमको पूर्ण पालना गर्न र यात्रुप्रति सम्मानजनक व्यवहार गर्न चालकहरूलाई आग्रह गरे।
त्यस्तै, याङ्गो राइड नेपालका कन्ट्री म्यानेजर सन्तोष पाण्डेले यात्रु र चालक दुवैको सुरक्षा कम्पनीको पहिलो प्राथमिकता रहेको बताउँदै यस्ता पहलले सुरक्षित शहरी यातायात निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
चैत ६, २०८२ शुक्रबार १२:३६:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।