राजकाजबारे बालेनसँग छलफल गर्न रवि दुई उप-सभापति लिएर पुगे होटलमा

राजकाजबारे बालेनसँग छलफल गर्न रवि दुई उप-सभापति लिएर पुगे होटलमा

काठमाडौं : पार्टीको औपचारिक कार्यक्रमहरूबाट आफूलाई अलग राख्दै आएका बालेन्द्र शाहलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित दुई उपसभापति होटलमा गएका छन्। बालेन्द्र शाह पछिल्लो समय होटलमा बसेर सरकार निर्माणको गृहकार्य गरिरहेका छन्।

यसबारे छलफल गर्न रवि बिहीबार उपसभापतिद्वय स्वर्णिम वाग्ले र डिपी अर्याललाई लिएर बालेन्द्र बस्ने गरेको रोयल सिंगे होटलमा गएका हुन्। संसदमा निर्वाचित भएर पार्टीले लगभग दुई तिहाइ नजिकको मत पाएसँगै बालेन्द्र नियमित रूपमा दरबारमार्गमा रहेको सोही होटलमा बसेर आफू टिकटहरूसँग छलफल गरिरहेका छन्।

उनीहरूबीच भएको भेटबारे रास्वपाका उपसभापति वाग्लेले सामाजिक सञ्जालमा फोटो राखेर लेखेका छन् "राजकाज! आज साँझको छलफल!"

निर्वाचन आयोगले बिहीबार प्रतिनिधि सभा निर्वाचनतर्फ समानुपातिक र प्रत्यक्षबाट निर्वाचित सांसदहरुसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाइसकेको छ। चैत १२ गते सांसदहरुको शपथ तोकिएको छ। त्यसपछि बहुमत प्राप्त दललाई सरकार बनाउन राष्ट्रपतिबाट आव्हान हुने भए पनि सरकारले रास्वपामा गम्भीर छलफल भएको देखिंदैन।

बालेनले आफ्नै शैलीमा भावी सरकारमा रहने सदस्यहरूबारे निकटहरुसँग छलफल गरिरहेका छन्।

चैत ५, २०८२ बिहीबार १९:१९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।