याङ्गो राइडरलाई ट्राफिक नियम र सुरक्षा प्रशिक्षण

याङ्गो राइडरलाई ट्राफिक नियम र सुरक्षा प्रशिक्षण

काठमाडौं : 'याङ्गो राइड' ले काठमाडौं उपत्यका ट्राफिक प्रहरीको सहकार्यमा सडक सुरक्षा ओरियन्टेसन कार्यक्रम सम्पन्न गरेको छ। बढ्दो सडक दुर्घटना न्यूनीकरण र सुरक्षित सवारी अभ्यास प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा सहभागी बाइक चालकहरूलाई ट्राफिक नियमको पालना, जिम्मेवार सवारी सञ्चालन र यात्रुप्रतिको मर्यादित व्यवहारबारे प्रशिक्षण दिइएको थियो। सो अवसरमा याङ्गोले सहभागी चालकहरूलाई हेल्मेट लगायतका सुरक्षा सामग्रीसमेत वितरण गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरीका एसएसपी नवराज अधिकारीले सुरक्षित सवारीका लागि ट्राफिक नियमको पालना अनिवार्य रहेको बताए।

त्यस्तै, याङ्गो नेपालका कन्ट्री म्यानेजर सन्तोष पाण्डेले ग्राहक र चालकको सुरक्षा कम्पनीको प्राथमिकता रहेको उल्लेख गर्दै सुरक्षित सहरी यातायातमा सहयोग पुर्याउने लक्ष्य रहेको बताए।याङ्गोले ई-ड्राइभ नेपाल र फर्च्युन ब्रिजसँगको साझेदारीमा यस्ता सचेतनामूलक कार्यक्रमलाई अघि बढाएको छ।

चैत ५, २०८२ बिहीबार १७:२१:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।