निर्वाचन सफल भएपछि धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

निर्वाचन सफल भएपछि धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की निर्वाचन सफलतापूर्ण सम्पन्न भएपछि कर्णाली प्रदेश पुगेकी छिन्।

प्रधानमन्त्री कार्की निर्वाचन सफल पार्न भूमिका खेल्ने कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद दिन कर्णाली प्रदेश पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।

त्यसक्रममा उनले मुगुको रारा ताल भ्रमण गरेकी छिन्। रारा तालको अवलोकनपछि प्रधानमन्त्री कार्की जुम्ला पुगेको जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले बताए। 

प्रधानमन्त्री कार्की मुगुबाट जुम्लाको नम्बर २४ बाहिनीमा आएको र एक दिन जुम्लामा बास बसेर भोलि बिहान चन्दननाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ।

चैत ५, २०८२ बिहीबार १३:४६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।