कालीकोटमा १३ बर्षीया बालिकालाई फकाएर साथीको बुबाले गरे बलात्कार, अरुलाई भनेमा ज्यान मार्ने धम्की

कालीकोटमा १३ बर्षीया बालिकालाई फकाएर साथीको बुबाले गरे बलात्कार, अरुलाई भनेमा ज्यान मार्ने धम्की

सुर्खेत : कालीकोटमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। रास्कोट नगरपालिका–१ का ५३ वर्षीय बलबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

साथीलाई भेट्न उनकै घरमा गएको समयमा साथीका बुबाबाटै आफू बलात्कृत भएको भन्दै पीडित किशोरीले प्रहरीमा उजुरी दिएकी थिइन्।

बलात्कारमा परेकी बालिकाको महिनावारी रोकिए पछि फुपूले सोधी खोजी गर्दा बालिकाले आफू बलात्कारमा परेको बताएकी थिइन्। त्यसलगत्तै परिवारले प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको हो।

गत माघ १४ गते साथीको घरमा बसेकी बालिकालाई साथीको बुबाले आफूलाई बलात्कार गरेको ती बालिकाले बताएकी छन् । बालिकाका अनुसार गत माघ १३ गते राति र १४ गते बिहान उनीमाथि बलात्कार भएको थियो।

साथीको घरमा साथीसँगै सुतिरहेको अवस्थामा सार्कीले बलात्कार गरेको र घटनाबारे कसैलाई भनेमा मारिदिने धम्की दिएको बालिकाले जाहेरीमा उल्लेख छ। घटनापछि अभियुक्तले बालिकालाई ५०० रुपैयाँ समेत दिएका थिए।

गत माघ १३ गते छोरीसँग घरमा आएकी छोरीकी साथीलाई ललाइफकाइ बलात्कार गरेर गर्भवती बनाएको जाहेरी परेपछि सार्कीलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला कार्यालय कालिकोटका प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले जानकारी दिए।

चैत ५, २०८२ बिहीबार ११:४३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।