५४ सय रूपैयाँ घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो
काठमाडौं : नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ।
बुधबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको सुनको मूल्य आज पाँच हजार चार सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।
बुधबार सुन प्रतितोला तीन लाख सात हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला एक सय ४० रूपैयाँ घटेर पाँच हजार १० कारोबार भइरहेको छ।
बुधबार प्रतितोला पाँच हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९०० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
चैत ५, २०८२ बिहीबार ११:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।