निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री कार्कीद्वारा पशुपतिमा विशेष पूजा
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिरमा दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छिन्। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि उनले आराध्यदेव पशुपतिनाथलाई धन्यवाद स्वरुप उक्त पूजा गरेकी हुन्।
पूजापछि प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थायित्वतर्फ लैजान सबै पक्षले सहयोग गरेकोमा धन्यवाद दिइन्।
उनले आगामी दिनमा मुलुक थप विकासको बाटोमा अघि बढ्नुपर्ने भन्दै सम्पूर्ण नेपालीबीच एकता, सद्भाव र आत्मीयता अझ सुदृढ हुनुपर्नेमा जोड दिइन्।
पूजामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा तथा कार्यकारी निर्देशक सुवास जोशी लगायतको उपस्थिति रहेको थियो।
चैत ४, २०८२ बुधबार १०:५१:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।