बिहीबारदेखि विराटनगरमा एक दिवसीय प्रतियोगिता

बिहीबारदेखि विराटनगरमा एक दिवसीय प्रतियोगिता

मोरङ : कोशी प्रदेशमा क्रिकेट खेलप्रति युवाको आकर्षण वृद्धि गर्ने उद्देश्यले एक दिवसीय (५० ओभर)को क्रिकेट प्रतियोगिता हुने भएको छ।

कोशी प्रदेश क्रिकेट एसोसिएसन  र नेपाल क्रिकेट फाउण्डेशनद्वारा यही चैत ५, ६ र ७ गते विराटनगर- ६ स्थित मेरिलेवन ज्वाला क्रिकेट रङ्गशालामा अनिल मिन क्रिकेट ट्रफि प्रतियोगिता हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

एसोसिएसनका अध्यक्ष सर्वजित राज पाण्डेले नेपाली खेलाडीले ५० ओभरको खेलमा रन बनाउन नसक्ने कमजोरीलाई सुधार गर्न प्रतियोगिता आयोजना गरिएको बताए।

खेलाडीलाई ब्याटिङप्रति आत्मविश्वास जगाउन प्रतियोगिताको मुख्य उद्देश्य रहेको  मोरङ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष मोहम्मद साद बाबुले बताए। प्रतियोगिताका विजयी खेलाडीलाई ट्रफी र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारको व्यवस्था रहेको फाउण्डेशनले जनाएको छ।

अन्तरराष्ट्रियस्तरका क्रिकेट खेलाडीमा यहाँको मोरङका अनिल श्रेष्ठ र सुनसरीका मीन दाहाल रहेका छन्। प्रतियोगिता यी दुवै खेलाडीको उपस्थिति रहने जनाइएको छ।

चैत ३, २०८२ मंगलबार २१:१५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।