इरानका सुरक्षा प्रमुख लारीजानी र बासिज कमाण्डर सुलेमानी मारिएको इजरायलको दाबी
एजेन्सी : इजरायलका रक्षा मन्त्री इजरायल काट्जले गएराति गरिएको इजरायली आक्रमणमा इरानका राष्ट्रिय सुरक्षा प्रमुख अली लारीजानी मारिएको दाबी गरेका छन्।
यसैगरी काट्जले बसिज अर्धसैनिक बलका कमाण्डर घोलमरेजा सुलेमानी पनि मारिएको दाबी गरेका छन्।
रक्षा मन्त्री काट्जका अनुसार लारीजानीलाई निशाना बनाएर आक्रमण गरिएको थियो।
यद्यपि, इरानले भने हालसम्म उनीहरुको मृत्युको आधिकारिक पुष्टि नगरेको अल जजीराले जनाएको छ।
इजरायली हवाई आक्रमणले बेरुतका तीनवटा क्षेत्रमा बमबारी गरेको छ। इजरायली सेनाले इरानको राजधानी तेहरानमा पनि नयाँ आक्रमण सुरु गरेको जनाएको छ। इजरायली बमबारीको जवाफमा इरानले इजरायलतर्फ मिसाइलहरू प्रहार गरेको इजरायली सेनाले जानकारी दिएका छन्।
यसैबीच, साउदी अरबले आज एकैदिन एक दर्जनभन्दा बढी ड्रोनहरू आकाशमै नष्ट गरेको जानकारी दिएका छन्।
लेबनानमा इजरायली आक्रमणबाट हालसम्म ८५० भन्दा बढीको मृत्यु भइसकेको छ भने ५ जना सैनिक घाइते भएका छन् पाँच लेबनानी सैनिक घाइते भएका छन्।
इरानका अनुसार इजरायल-अमेरिकाको आक्रमणबाट अहिलेसम्म ३ हजारभन्दा बढी मानिस मारिइसकेका छन्।
चैत ३, २०८२ मंगलबार १६:४३:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।