सुर्खेतमा हराएका आमा छोरीको शव भेटियो, छोरा अझै बेपत्ता

सुर्खेतमा हराएका आमा छोरीको शव भेटियो, छोरा अझै बेपत्ता

सुर्खेत : आइतबारदेखि दुई छोराछोरीसहित हराएकी सुर्खेत गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी माया कठायत र छोरी आशा कठायतको शव फेला परेको छ भने पाँच वर्षीय छोरा दीपक कठायत अझै बेपत्ता छन्।

आइतबार बिहान माया छोराछोरीसहित बेपत्ता भएकी थिइन्। ३८ वर्षीया मायाको आइतबार बेलुका र ११ वर्षीया आशाको मंगलबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।

मायाको शव लेकबेशी नगरपालिका–३ को पटारेमा र आशाको गुर्भाकोट–१३ मसानघाट नजिकै माछा पार्ने जालमा फेला परेको थापाले बताए।

पाँच वर्षीय छोरा दीपक कठायतको खोजी भइरहेको प्रहरी जनाएको छ।

चैत ३, २०८२ मंगलबार १०:५०:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।