इरानबाट इजरायलतर्फ मिसाइल प्रहार, यूएईद्वारा हवाई क्षेत्र बन्द
एजेन्सी : इजरायली सेनाले इरानबाट प्रहार गरिएका मिसाइलहरू आफ्नो देशतर्फ बढिरहेको जनाएको छ। यससँगै सेनाले सम्पूर्ण नागरिकहरूलाई सुरक्षित स्थानमा जान अपील गरेको छ।
टेलिग्राममार्फत जारी गरिएको आपत्कालीन अलर्टमा सेनाले भनेको छ, ‘खतरालाई रोक्न हाम्रो डिफेन्स सिस्टम सक्रिय गरिएको छ।’
अर्कोतर्फ, इरानबाट हुन सक्ने मिसाइल र ड्रोन आक्रमणको सम्भावित खतरालाई मध्यनजर गर्दै संयुक्त अरब इमिरेट्स (यूएई)ले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ।
रोयटर्सको रिपोर्टअनुसार, यूएईको 'एयर डिफेन्स सिस्टम'ले इरानबाट आइरहेका मिसाइल र ड्रोनको खतराको सामना गरिरहेको छ।
यूएईको सरकारी समाचार एजेन्सीलाई उद्धृत गर्दै रोयटर्सले मंगलबार जनाएअनुसार उड्डयन अधिकारीहरूले यसलाई ‘असाधारण पूर्वसावधानी कदम’को रूपमा लिँदै देशको सम्पूर्ण हवाई क्षेत्रलाई अस्थायी रूपमा बन्द गरेका हुन्।
चैत ३, २०८२ मंगलबार ०७:५७:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।