कारोबारसँगै दोहोरो अंकले घट्यो सेयर बजार, ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटको छ। सेयर बजार मापक नेप्से २६.०७ अंकले घटेर २७ सय ९८ दशमलव ८३ बिन्दुमा रोकिएको छ।
नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ। ३४५ कम्पनीको ३ करोड ७ लाख ९० हजार २११ कित्ता सेयर खरिदबिक्रि हुँदा ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रूपैयाँ बराबरको कारोबार भएको छ।
४८ कम्पनीको मूल्य बढ्दा २११ को घट्यो भने ४ को स्थिर रह्यो।
उत्पादन तथा प्रशोधनबाहेक सबै समूहका सूचक घटेका छन्। सो समूहको सूचक ०.२५ प्रतिशत बढ्यो ।
आज ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अप्पर हेवाखोला हाइड्रोपावर, सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत र होटल फरेस्ट इनको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ।
त्यस्तै पिपुल्स हाइड्रोपावरको ६.५१, सिन्धु विकास बैंकको ६.३३, नेसनल हाइड्रोपावरको ५.३६ प्रतिशत मूल्य बढेको छ।
चैत २, २०८२ सोमबार १५:२८:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।