रास्वपाको समानुपातिकमा ४८ महिला समेट्दा छुटे प्रकाश सपुत, जेनजी शहीदको आमा सिफारिसमा
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा समानुपातिक प्रणालीतर्फका सांसदहरूको अन्तिम सूची बुझाएको छ। आइतबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले क्लस्टरअनुसार नामावली टुङ्गो लगाउँदै आयोगमा पठाउने निर्णय गरेको हो।
रास्वपाले बुझाएको कुल ५७ जनाको सूचीमा महिलाको वर्चस्व देखिएको छ। जसमा ४८ जना महिला र ९ जना पुरुष छन्। महिलाको प्रतिनिधित्व बढाउने दबाबका कारण सूचीमा नाम रहेका पार्टी सभापति रवि लामिछानेका निकट प्रमोद न्यौपाने लगायतका नै छुटेका छन्। खस आर्य पुरुषमा रमेश प्रसाईँमात्र समेटिएका छन्।
५८ महिला समेट्दा अति विवादित भए पनि रवि निकट भएकै आधारमा टिका संग्रौला समेटिएकी छिन्। प्रतिभा रावल, विदुषी राणा, अनुष्का श्रेष्ठ, सुम्निना उदास पनि सिफारिसमा परेका छन्।
जेनजी शहिद परिवारकी सदस्य रचना खतिवडा र जेनजी अगुवा पुरुषोत्तम यादव सिफारिसमा परेका छन्। रचना जेनजी शहीद रसिक खतिवडाको आमा हुन्। सिफारिसमा रिमा विश्वकर्मा समेटिदा प्रकाश सपुत छुटेका छन्। दलितबाट प्रकाशचन्द्र परियार समेटिएका छन्।
पार्टीले क्लस्टर अनुसार खस आर्यमा १७ जना (१६ महिला, १ पुरुष), आदिवासी जनजातिमा १६ जना (१३ महिला, ३ पुरुष), मधेसीमा ९ जना (६ महिला, ३ पुरुष), दलितमा ८ जना (७ महिला, १ पुरुष), थारुमा ४ जना (२ महिला, २ पुरुष) र मुस्लिममा ३ जना (सबै महिला) समेटिएका छन्।
निर्वाचन आयोगमा बुझाइएको क्लस्टरगत नामावली:
१. खस आर्य
प्रतिभा रावल, रचना खतिवडा, लिमा अधिकारी, विदुषी राणा, समीक्षा बास्कोटा, श्रद्धा कुँवर, टीका सङ्ग्रौला, क्रान्ति शिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुसाल, प्रभा कार्की, शोभा खनाल, रत्ना कुमारी थापा, ज्ञानु पौडेल, प्रभा ढकाल र रमेश प्रसाईँ।
२. आदिवासी जनजाति
बसुमाया तामाङ, गङ्गा छन्त्याल, सुन्नीमा उदास, अनुष्का श्रेष्ठ, ओजस्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमीला कुलुजु, सुजाता तामाङ, कृपा महर्जन, एलिजा गुरुङ, राम लामा, खुश्बु सरकार श्रेष्ठ र मिङ्मा ग्याबु शेर्पा।
३. मधेसी
पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी, पुरुषोत्तम सुप्रभात यादव, खगेन्द्र कर्ण
४. दलित
रीमा विश्वकर्मा, अमृता विक, सीता बादी, स्मृति सेन्चुरी, सुष्मा स्वर्णकार, तारा विश्वकर्मा, खिमा विक र प्रकाशचन्द्र परियार।
५. थारु
गीता चौधरी, करिस्मा कठरिया, सुरेन्द्र चौधरी र प्रेमलाल चौधरी।
६. मुस्लिम
समिना मिया, अफ्साना बानु र गलाजा शमीम मिकरानी।
चैत १, २०८२ आइतबार २१:२६:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।