नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद

नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगलाई समानुपातिकतर्फका सांसद सिफारिस गरेको छ।

नेकपा संयोजक दाहाल र सहसंयोजक माधवकुमार नेपालले समानुपातिकतर्फ ९ सिट मध्ये ५ पुरूष र ४ महिलाको नाम सिफारिस गरेका हुन्।

खसआर्य पुरुषबाट प्रमेश हमाल,  महिला बलावती शर्मा, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमार बुढा, अपांगताबाट प्रेम बयक, मधेसी समूहबाट जोगकुमार बर्बरिया यादव, दलितबाट पार्वती विक, गणेश विश्वकर्मा र थारु समूहबाट निराशा चौधरी डगौराको नाम  सिफारिस गरिएको छ।  

नेकपाले प्रत्यक्षतर्फ ८ सिट जितेको छ।

चैत १, २०८२ आइतबार १८:१३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।