राप्रपाले छान्यो समानुपातिकतर्फका ४ जना सांसद, को–को परे?

राप्रपाले छान्यो समानुपातिकतर्फका ४ जना सांसद, को–को परे?

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फका ४ जनाको नाम टुंगो लगाएको छ।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिकतर्फका ४ सिटका लागि नाम टुंगो लगाएको हो। 

खसआर्य पुरूषतर्फ महोत्तरीका भरत गिरी, मुस्लिम पुरूषतर्फ रूपन्देहीका ताहिर अली, खस आर्य महिलातर्फ झापाकी खुस्बु ओली र जनजाति महिलातर्फ धादिङकी सरस्वती लामाको नाम सिफारिस गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपाले प्रत्यक्षमा १ र समानुपातिकमा ४ सिट जितेको छ।

चैत १, २०८२ आइतबार १६:२७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।