कांग्रेसले टुङ्ग्यायो समानुपातिकबाट सांसद बन्नेको नाम : १५ महिला, ५ पुरुष सिफारिस
काठमाडौं : नेपाली कांग्रेसले समानुपातिकतर्फ २० जनाको नामावली टुंगो लगाएको छ।
आइतबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले सिफारिस भएका नामहरू निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको हो।
बैठकले समानुपातिकतर्फ २० सिटमध्ये १५ जना महिला र ५ जना पुरूषको नाम सिफारिस गरेको छ।
आदिवासी जनजातीबाट ६, खस आर्यबाट ६, थारु, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्र मिलाएर कूल ५ जनाको नाम आयोगमा पठाइने प्रवक्ता देवराज चालिसेले जानकारी दिए। अन्य तीन जनाकाे नाम समेत क्लष्टर मिलाएर पठाइने प्रवक्ता चालिसेले बताए।
साथै उनले यही साता केन्द्रीय समिति बैठक बसेर निर्वाचनको पूर्ण समीक्षा गर्ने जानकारी दिए।
फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट जितेको थियो।
चैत १, २०८२ आइतबार १६:११:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।