शान्ति सेवा गृहलाई एनआइसी एशिया बैंकको शैक्षिक सहयोग

शान्ति सेवा गृहलाई एनआइसी एशिया बैंकको शैक्षिक सहयोग

काठमाडौं : एनआक्सीष एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको तिलगंगास्थित शान्ति सेवा गृहका १५० भन्दा बढी विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरेको छ।

बिहीबार आयोजित एक कार्यक्रमका बीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले शान्ति सेवा गृहकी प्रबन्ध निर्देशक अप्सरा कार्कीलाई उक्त सामग्रीहरू हस्तान्तरण गरे।

विद्यार्थीहरूको शैक्षिक गुणस्तर वृद्धि र पठनपाठनमा सहयोग पुऱ्याउने उद्देश्यले उक्त सामग्री सहयोग गरिएको बैंकले जनाएको छ। 

बैंकले यसै वर्ष सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत गरिब, जेहेन्दार, विपन्न तथा शारीरिक रूपमा विशेष क्षमता भएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिरहेको जनाएको छ।

साथै, विगतका वर्षहरूदेखि नै बैंकले सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन निर्माण तथा पुस्तकालय स्थापनाका कार्यहरू समेत गर्दै आएको छ। 

फागुन २९, २०८२ शुक्रबार १७:३५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।