एमाले अध्यक्ष ओलीका बुवाको अन्त्येष्टि
काठमाडौं : एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
९७ वर्षीय मोहनप्रसादको शुक्रबार बिहान भक्तपुरको नेपाल-कोरिया मैत्रीनगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। उनी केही दिनदेखि अस्वस्थ थिए।
शुक्रबार बिहान स्वास्थ्यमा थप जटिलता देखिएपछि अस्पताल पुर्याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। उनको पार्थिव शरीरमा अध्यक्ष ओलीले दागबत्ती दिए।
स्वर्गीय ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्न आर्यघाटमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, एमाले नेता कार्यकर्ता तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो।
फागुन २९, २०८२ शुक्रबार १५:०१:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।