‘नेपाल फर्मा एक्स्पो–२०२६’सुरु, २५ हजारले अवलोकन गर्ने

‘नेपाल फर्मा एक्स्पो–२०२६’सुरु, २५ हजारले अवलोकन गर्ने

काठमाडौं : दसौँ संस्करणको तीन दिने ‘नेपाल फर्मा एक्स्पो–२०२६’ राजधानीमा सुरु भएको छ। यो एक्सपोमा २५ हजार भन्दा बढी व्यक्तिले अवलोकन गर्ने नेपाल औषधी उत्पादक संघ (एप्पोन)का अध्यक्ष विप्लव अधिकारीले जानकारी दिए।

नेपाल औषधी उत्पादक संघ (एप्पोन)को आयोजनामा बिहीबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको सो एक्सपो फागुन ३० सम्म चल्ने छ। एप्पोनका अध्यक्ष अधिकारीले विश्व परिवेश आएका नयाँ प्रविधिको प्रयोग गरेर नेपालमा कसरी औषधि बनिरहेका छन् भन्ने जानकारी दिने मूल उद्देश्यले यो एक्सपो आयोजना गरिएको बताए। 

यो एक्सपोमा करिब दुई सय स्टल रहको एप्पोनका महासचिव सन्तोष बरालले जानकारी दिए। जसमध्ये करिब ९० प्रतिशतभन्दा बढी विदेशी तथा बहुराष्ट्रिय कम्पनी र १० प्रतिशत स्टलहरूमा स्वदेशी औषधी उद्योगका उत्पादनहरू प्रदर्शन गरिएको एप्पोनले जनाएको छ। 

महासचिव बरालले नेपालमा गुणस्तरीय औषधि उत्पादन हुन्छन् भन्ने जानकारी दिने उद्देश्यले सुरु भएको एक्सपो दसौँ संस्करणमा पुगेको बताए।

मेलामा सहभागी भएका स्टलमा औषधी उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याब टेक्नोलोजी, कच्चा पदार्थ, प्याकिङ उत्पादक र मेसिनको प्रदर्शन हुने आयोजक संस्थाले जनाएको छ। 

यो एक्सपो मुख्य नारा ‘फर्मामा नवीनता: भोलिको स्वास्थ्यका लागि’ रहेको छ। एक्सपोले नेपाली औषधी क्षेत्रको आधुनिक रूपान्तरणलाई उजागर गर्ने लक्ष्य राखिएको छ।

फागुन २८, २०८२ बिहीबार २३:२२:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।