बेगमबेलीले रंगिएको बुटवल (तस्बिरहरू)

बेगमबेलीले रंगिएको बुटवल (तस्बिरहरू)

बुटवल : रुपन्देहीको बुटवल-भैरहवा सडकखण्डको बुटवल नगर क्षेत्र यति बेला बेगमबेलीसहित अन्य फूलले ढकमक्क भएर आकर्षक बनेको छ। वसन्त ऋतु सुरु भएसँगै सडकको डिभाइडर र सर्भिस लेनमा फुलेका राताम्मे बेगमबेली फूलले सडकको सौन्दर्य बढाएको छ।

बुटवलको चौराहा, मिलनचोक, बसपार्क, कालिकानगर सडक क्षेत्रका डिभाइडरमा बेगमबेली फूलसँगै एक दर्जन फूलका बिरुवाहरू रोपिएका छन्। फूल फुलेपछि सडक क्षेत्र नै रंगिन बनेको छ र यात्रु तथा स्थानीयले निकै आकर्षक दृश्य देख्न पाएका छन्।

बुटवल उपमहानगरपालिकाले सडकको सौन्दर्य बढाउने उद्देश्यले सडकभरि बेगमबेली फूलसहित विभिन्न एक दर्जन फूलका बिरुवा रोपेको जनाएको छ। कम पानीमै हुर्किने र सुक्खा ठाउँमा पनि टिक्ने भएकाले बेगमबेली प्रजातिको फूल सडकको डिभाइडरमा लगाइएको हो।

फूल फुलेपछि बुटवल-भैरहवा यात्रा गर्नेहरू सडकको दायाँबायाँ र डिभाइडरमा फुलेका फूल हेर्दै यात्रा गर्दा रमाइलो अनुभव हुने बताउँछन्। कतिपय यात्रु त गाडी रोकेर तस्बिर खिच्ने पनि गर्छन्।

फागुन २८, २०८२ बिहीबार १६:०८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।