दोहोरो अंकले बढ्यो सेयर बजार, साढे १४ अर्बको कारोबार
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.८७ अंकले बढेको छ।
दुई दिन घटेको बजार ०.८५ प्रतिशतले बढेर नेप्से परिसूचक २८२० पुगेको छ। नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
आज दिनभरमा १४ अर्ब ५५ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भयो। १७६ वटा कम्पनीको मूल्य बढ्दा ७७ को घट्यो भने ९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।
बैंकिङ समूह नै सबैभन्दा धेरै २.०२ प्रतिशत बढ्यो। त्यस्तै विकास बैंक १.२८, फाइनान्स १.३०, हाइड्रोपावर १.१०, लगानी १.१४, जीवन बीमा ०.३६, उत्पादन तथा प्रशोधन ०.७३, माइक्रोफाइनान्स ०.२७ तथा व्यापार ०.१४ प्रतिशत बढे।
साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको मूल्य १० प्रतिशत बढ्यो। नेसनल हाइड्रोपावर ९.९७, होटल फरेस्ट इनको ९.९३ र दरामखोला हाइड्रोपावरको ९.४६ प्रतिशत मूल्य बढ्यो।
होटल फरेस्ट इन आजैबाट कारोबारमा आएको हो।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।
फागुन २८, २०८२ बिहीबार १५:४६:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।