काठमाडौंको कोटेश्वरबाट ११० ग्राम खैरो हेरोइनसहित दुई युवक पक्राउ
काठमाडौं : लागु औषध नियन्त्रण ब्यूरोले काठमाडौंको कोटेश्वरबाट ठूलो परिमाणको अवैध लागु औषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
ब्यूरोले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मंगलबार कोटेश्वर क्षेत्रबाट मोरङका दुई युवकलाई ११० ग्राम ८४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको जानकारी दिएको हो।
ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दुर्गा राज रेग्मीका अनुसार पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका–५ का २२ वर्षीय सरोज लावती र सोही ठाउँका २२ वर्षीय सुगम कार्की रहेका छन्।
विशेष सूचनाको आधारमा ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका-३२, कोटेश्वरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनालाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको ब्यूरोले जनाएको छ।
फागुन २८, २०८२ बिहीबार १३:५०:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।