कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा १२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनको जंगलभित्र लगेर बालिकामाथि सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।

सोही उजुरीका आधारमा भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय र ४० वर्षीय दुई जना पुरुषलाई बुधबार पक्राउ गरिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

फागुन २८, २०८२ बिहीबार १०:२७:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।