लगातार दोस्रो दिन घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो

लगातार दोस्रो दिन घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो

काठमाडौं : लगातार दोस्रो दिन सेयर बजार घटेको छ। मंगलबार ३२.८ अंकले घटेको सेयर बजार मापक नेप्से बुधबार पनि ४६.७८ अंकले घटेको छ।

आज १.६४ प्रतिशतले घटेर नेप्से परिसूचक २७ सय ९६ दशमलव ५७ बिन्दुमा रोकिएको छ। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ।

३२९ कम्पनीको ३ करोड ६० लाख ४९ हजार कित्ता सेयर खरिदबिक्रि हुँदा १३ अर्ब १८ करोड २ लाख ५५ हजार रूपैयाँ बराबरको कारोबार भएको छ। मंगलबार ३ सय २९ वटा कम्पनीका ५ करोड २७ लाख कित्ता सेयर २१ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको थियाे।

आज ३४ कम्पनीको मूल्य बढ्दा २२५ को घट्यो भने ३ को स्थिर रह्यो।

व्यापार समूह सबैभन्दा धेरै ३.४ प्रतिशत घट्यो। त्यस्तै बैंकिङ १.८२, विकास बैंक १.६१, फाइनान्स २.०८, होटल तथा पर्यटन १.५६, हाइड्रोपावर ०.७१, लगानी १.८७, जीवन बीमा १.९८, उत्पादन तथा प्रशोधन १.४३, माइक्रोफाइनान्स १.६४, निर्जीवन बीमा ०.९७ र अन्य समूह १.८३ प्रतिशत घटे।

साल्पा विकास बैंकको मूल्य १० प्रतिशत बढेको छ।  नेसनल हाइड्रोपावरको मूल्य ९.९६, रिलायन्स स्पिनिङ मिल्सको  ९.३३, रिडी पावरको ५.७२ प्रतिशत मूल्य बढ्यो। 

कालिका पावरको मूल्य सबैभन्दा धेरै ८.४७ प्रतिशत घट्यो। 

 

फागुन २७, २०८२ बुधबार १५:३५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।