रवीन्द्र मिश्रको निर्वाचन खर्च २३ लाख ९७ हजार
काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्रले आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरेका छन्।
उनले निर्वाचनमा कुल २३ लाख ९७ हजार ४०२ खर्च भएको विवरण निर्वाचन आयोग काठमाडौंमा पेश गरेका हुन्।
उनले पेश गरेको विवरणमा विभिन्न नाै वटा शीर्षकमा खर्च गरिएको देखाइएको छ। विवरणमा उल्लेख भएअनुसार सबैभन्दा बढी खर्च सचिवालय व्यवस्थापनमा भएको छ।
उनले व्यवस्थापनमा ८ लाख ५० हजार रुपैयाँ खर्च भएको जानकारी दिएका छन्। विविध भिडियो ग्राफिक्स उत्पादनमा पाँच लाख ५० हजार भएको सार्वजनीक विवरणमा उल्लेख छ।
त्यस्तै सवारी साधन र इन्धनमा दुई लाख ५० हजार खर्च भएको देखिन्छ। घरदैलो कार्यक्रममा १ लाख ५० हजार रुपैयाँ खर्च भएको छ।

फागुन २७, २०८२ बुधबार १४:५०:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।