सार्क सचिवालयलाई सवा करोडको जापानी सहयोग

सार्क सचिवालयलाई सवा करोडको जापानी सहयोग

काठमाडौं : जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई एक करोड २० लाख प्रदान गर्ने भएको छ।

सचिवालय र जापान सरकार बीच सार्क-जापान विशेष कोषअन्तर्गतका  कार्यक्रम कार्यान्वयन गर्न जापानले उक्त रकम प्रदान गर्न लागेको हो।

सार्क सचिवालयका अनुसार उक्त सहयोगसम्बन्धी समझदारी पत्रमा सोमबार हस्ताक्षर भएको छ। सचिवालयमा आयोजित कार्यक्रममा सार्कका महासचिव  गोलाम सरवर र नेपालका लागि जापानका राजदूत माएदा तोरुले उक्त सहमति पत्रमा हस्ताक्षर गरेको सार्क सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

उक्त कार्यक्रमले जापान र सार्क मुलुकबीचको मैत्री, सहकार्य तथा आपसी सम्बन्ध  सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

फागुन २७, २०८२ बुधबार ०७:२०:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।