समानुपातिकतर्फ १ करोड २ लाख मत गन्दा कुन दललाई कति?

समानुपातिकतर्फ १ करोड २ लाख मत गन्दा कुन दललाई कति?

काठमाडौं : प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो अग्रता कायम गरेको छ।

देशभरका मतगणना स्थलबाट प्रणालीमा प्रविष्ट भएको एकीकृत विवरणअनुसार जम्मा १ करोड २ लाख ९० हजार ५ सय ४६ मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो स्थानमा देखिएको हो।

प्राप्त पछिल्लो तथ्याङ्कअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४९ लाख ४७ हजार ५ सय २३ मत प्राप्त गर्दै शीर्ष स्थान ओगटेको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ७३ हजार ९ सय ८२ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको एमालेले १३ लाख ८९ हजार ८ सय २० मत ल्याएको छ।

तथ्याङ्क हेर्दा पहिलो स्थानमा रहेको रास्वपाले अन्य दलहरूभन्दा निकै ठूलो मतान्तर बनाएको देखिन्छ।

यसैगरी, चौथो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ५२ हजार ९ सय ४६ मत प्राप्त गरेको छ।

त्यस्तै, श्रम संस्कृति पार्टी ३ लाख ४७ हजार ७ सय ८५ मतसहित पाँचौं स्थानमा रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ लाख २२ हजार ४ सय ७२ मत प्राप्त गरेको छ।

फागुन २६, २०८२ मंगलबार ०७:२२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।