बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

काठमाडौं : काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१० कपन बालुवाखानी नगर अस्पताल नजिक झ्याङमा एक जना पुरुष मृतावस्थामा फेला परेका छन्।

हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मृतावस्थामा फेला परेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।

उनले भने, “बूढानीलकण्ठ-१० कपन बालुवाखानी नगर अस्पताल नजिक झ्याङमा आइतबार उनी मृतावस्थामा फेला परेका हुन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।”

फागुन २५, २०८२ सोमबार १५:०५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।